गाउँ बाट पढ्न बा शहर आए
दिनदिनै छोइला कचेला खाए
डेरा बस्नको लागि कोठा मागे
कोठा पाएछि आमालाई भगाए!
विचरा पैसा नभर बाले रोटी खाए
हवाई छाप चप्पल फाटेका लगाए
त्यत्रो दु:ख गरे बाले जीवनमा गाठे
महगो घडी चस्मा लगाए के बिराए!
कोठा बहाल तिर्न नसकेर भित्रै बा लुके
त्यही बेला आमासँग बाको आँखा जुधे
के खोज्छस् काना आँखो भने झैँ नै भो
आमालाई लिएर बा त अन्तैतिर पो कुदे!
मामपाका ठ्यास भन्दै ससुरा बा त कुदे
जुवाइँसँग पैसा नै छैन भनेर कुरो बुझे
घर जुवाइँ बस मामपाका भन्दै रिसाए
यसरी ससुरा बाले रीसको भारी बिसाए!
हेर्नुस् पछि जब आमा भइ हालिन जागीरे
त्यसपछि त बल्ल बाले सुखको सास फेरे
नेताहरु त यसरी चप्पल लाएर शहर छिरे
नेवारको यसरी नै घर जुवाइँ बसेर रजाइ गरे!
आमाको जागिरबाट बनाए हो जाबो एक घर
हिजो आमाबाबुको दु:ख नदेख्नेहरु रीसले मर
हिजो बा खानलाई पैसा नभएर भोकभोकै परे
आज पैसा छ रोगले गर्दा रोटी तरकारी खाने गरे!
फेरि हेर्नुस् है त बाका ससुराली हुन् शाक्य बाडा
भन्छन् आज यत्रो सम्पत्ति कसरी पो आयो काँड
जाबो एक तोला सुन बेच्दा डेढ लाखमा बिक्छ
बाको यत्रो सम्पत्ति देखेर बिरोध गर्छन् गति छाडा!
धन्यवाद।
शुभ बिहानी।