झापा, १३ फागुन । झापाको गौरीगंज गाउँपालिका-१ हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ।
आइतबार दिउँसो करिब १२:५५ बजे कुञ्जिबारीबाट धानगडा जाँदै गरेको बा ६५ प ८७८६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकको बायाँपट्टि रहेको पिल्लरमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा झापा, शिवसताक्षी नगरपालिका-४ निवासी १७ वर्षीय सूरज राजवंशी गम्भीर घाइते भएका थिए। उनको नाक, अनुहार, र टाउकोमा गम्भीर चोट लागेपछि तत्काल उपचारका लागि दमक अस्पताल पठाइएको थियो। तर, दिउँसो २:१५ बजे चिकित्सकले उनलाई मृत घोषित गरेका छन्। प्रहरीका अनुसार दुर्घटनाको थप अनुसन्धान जारी छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
1
+1
2
+1
+1
1
+1
30
+1
2