झापा । जिल्ला प्रहरी कार्यालय झापा एकजना सईले झुन्डिएर आत्महत्या गरेको १० दिन नबित्दै इलाका प्रहरी कार्यालय काँकडभिट्टामा अर्का प्रहरी कर्मचारी झुन्डिएको  अवस्थामा मृत फेला परेका छ्न ।

बुधबार (आज) दिउँसो सवा २ बजेतिर इलाका प्रहरी कार्यालय काँकडभिट्टाको एकतले ब्यारेक भवनमा प्रहरी कार्यालय सहयोगी ३१ वर्षीय निरबहादुर विक झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । ओखलढुंगा सुनकोसी गाउँपालिका १० निवासी विकले ब्यारेक भवनको ढोका लगाई पङ्खामा तन्नाको पासो लगाएर  आत्महत्या गरेको प्रहरी श्रोतले जानकारी दिएको छ ।

घटनाबारे आफन्तलाई जानकारी गराइसकिएको र मृतकको शव पोस्टमार्टमको लागि लैजान आवश्यक कानुनी प्रक्रिया भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले जानकारी दिए ।

यसअघि फागुन ४ गते प्रहरी नायव निरीक्षक धनराज खतिवडाले जिल्ला प्रहरी कार्यालयको ब्यारेकको छतमाथि झुन्डिएर आत्महत्या गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार