(फाइल तस्विर) झापा । बिर्तामोडस्थित गिरीबन्धु चिया बगानभित्र एक पुरुषको कुहिन अवस्थामा शव फेला परेको छ। झापा जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक पाँचथर, रानीटार–२ निवासी टेकबहादुर गुरुङका छोरा ३८ वर्षीय कुमार गुरुङ रहेका छन्।

प्रहरीले मृतकसँग फेला परेको नागरिकता प्रमाणपत्रको आधारमा उनको पहिचान खुलेको जनाएको छ। गुरुङको शव बिहीबार बिहान ७ बजेतिर बिर्तामोड बसपार्कको पूर्वपट्टि फेला परेको हो।

शव जीउमा लुगा नलगाएको, जिन्स पाइन्ट र खुट्टामा जुत्ता मात्र लगाएको अवस्थामा भेटिएको थियो। शवको अवस्था हेर्दा करिब एक साताअघि मृत्यु भएको आशंका गरिएको छ।

हाल इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खड्काले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
1
+1
3
+1
0
+1
0
+1
7
+1
2

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार