बिर्तामोडमा मोटरसाइकल दुर्घटनामा घाइते चालकको उपचारका क्रममा मृत्यु
बिर्तामोड, झापा – बिर्तामोड नगरपालिका-२ मा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। मंगलबार साँझ लालमाटी चोकबाट रामचोकतर्फ जाँदै गरेको म-प्र-०३-०२५ प ९५०१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको थियो।
दुर्घटनामा परेर गम्भीर घाइते भएका कचनकवल गाउँपालिका-३ का १९ वर्षीय गोविन्द राजवंशीको टाउको, अनुहार र खुट्टामा गम्भीर चोट लागेको थियो। उनलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोडमा भर्ना गरिएको थियो, जहाँ बिहीबार उनको मृत्यु भएको झापा प्रहरी कार्यालयका डीएसपी खगेन्द्र खडकाले जानकारी दिए।
मोटरसाइकलको पछाडि सवार १८ वर्षीय अमित राजाको छातीमा चोट लागेकोले सोही अस्पतालमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।