बिर्तामोड, झापा । बिर्तामोड नगरपालिका–५ मित्रनगर टोलका २५ वर्षीय व्यवसायी धिरज अग्रवालले विष सेवन गरी आत्महत्या गरेका छन्।

बिहीबार दिउँसो साढे १२ बजे विष सेवन गरेका उनलाई तत्काल उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा भर्ना गरिएको थियो। उपचारका क्रममा उनको निधन भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ। शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो, जहाँ प्रक्रिया पूरा भएपछि आफन्तलाई बुझाइएको छ।

स्थानीय व्यवसायी मीनप्रकाश उप्रेतीले सामाजिक सञ्जालमा उल्लेख गरेअनुसार, आर्थिक लेनदेनमा उत्पन्न तनावका कारण अग्रवालले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
3
+1
0
+1
0
+1
4
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार