भद्रपुर, १८ फाल्गुन । भद्रपुर नगरपालिका-४ स्थित डागीबारीमा आइतबार दिउँसो आगलागी हुँदा लाखौँको क्षति भएको छ।

डागीबारी निवासी दुर्गामन राजवंशीले खेती गर्ने ठाउँमा बनाइएको अस्थायी टहरामा लागेको आगोले टहरासहित दुई थान पानी पम्पसेट र दुई बिगाहा धानको पराल नष्ट भएको छ। आगलागीबाट करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको पीडित राजवंशीले जानकारी दिए।

आगलागीको कारण भने खुलेको छैन। मेचीनगर नगरपालिका र बिर्तामोड नगरपालिकाका दुई वटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र भद्रपुरका नगर प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

भद्रपुर नगरपालिकाको दमकल मर्मतका लागि बिर्तामोड ग्यारेजमा रहेका कारण अन्य पालिकाबाट दमकल मगाइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
1
+1
0
+1
9
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार