हल्दिबारी , १८ फाल्गुन । हल्दिबारी गाउँपालिका वडा नम्बर ५ ले किसानलाई वडाको सिलिङ बजेट ९ लाख र साझेदारी मार्फत ९ लाख र गरि १८ लाख रुपैयाँ बराबरको कृषि सामाग्री वितरण गरेको छ ।
वडामा प्राप्त बजेट मध्ये सबैभन्दा बढी कृषिमा छुट्याइएको वडा नम्बर ५ ले सिचाइ मोटर , स्प्रे ट्याकी ,हुइल व्यारो , चाप कटर , मकै छोढाउने मिसिन , कृषि हलो , तोरीको बीउ, आलुको बिउ वितरण गरेको वडा अध्यक्ष खडग बहादुर लावतीले जानकारी दिनुभयो ।
वडा अध्यक्ष लावतीका अनुसार किसान र वडाको ५०/५० साझेदारी कार्यक्रम अन्तरगत कृषि औजार र सामग्री टेण्डर प्रक्रियाबाट खरिद गरि वितरण शुरु गरिएको हो भने कृषि हलो भने नि : शुल्क बितरण गरिएको हो ।
वडा कार्यालयमा आयोजना गरिएको कार्यक्रममा किसानहरुलाई वडा अध्यक्ष लावती ,वडा सदस्यहरु जीवन कन्दन्वा ,बिजय फागो ,शिवमाया मगर , सुस्मा महरा र वडा सचीव भजन सङौलाले किसानलाई कृषि सामाग्री वितरण गर्नु भएको थियो ।
किसानलाई ५०/५० साझेदारी कार्यक्रम अनुसार हुइल व्यारो ४४ किसानलाई , हलो २४ ,स्प्रे ट्यान्की ४०, मकैरोप्ने मिसिन ३० , चाप कटर ६ , मकै छोडाउने मिसिन ५ र बिधुत मोटर ३९ किसानलाई हस्तान्तरण गरिएको थियोे ।
किसानले साझेदारी अनुसार स्प्रे ट्यान्कीलाई १७५० रुपैयाँ , हलो निशुल्क(२२०० ) , वइल व्यारो २२५० रुपैयाँ , चाप कटर १५२५० रुपैयाँ , मकै छोडाउने मिसिन ९२५० रुपैयाँ ,मकैरोप्ने मिसिन १६०० रुपैयाँ किसानले तिर्नु परेको छ भने त्यति नै रुपैयाँ वडाले व्यहोरेको छ ।
किसानले साझेदारी अनुसार १.५ को मोटरलाई ५ हजार ८ सय रुपैयाँ र २ हर्ष पावरको मोटरलाई ११ हजार १ सय ५० रुपैयाँ र त्यसै मुल्य अनुसारको वडाले बिनियोजन बजेट मार्फत तिरी दिएको छ ।