काठमाडौं । पूर्वयुवराज पारस शाह हृदयाघात भएपछि आइतबार अस्पताल भर्ना भएका छन्। उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ।
अस्पताल स्रोतका अनुसार शाहको स्वास्थ्य अवस्था सुधारउन्मुख छ र अहिले खतरामुक्त रहेका छन्। यसअघि पनि उनको मुटुमा समस्या देखिएको थियो। शाहको स्वास्थ्यस्थितिबारे थप जानकारीका लागि चिकित्सकहरूको टोलीले निगरानी गरिरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1