हल्दिबारी गाउँपालिकाको आयोजनामा ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला हक अधिकार सम्बन्धि बेइजिङ घोषणा पत्रले समेटेका बाह्र प्रतिबद्धता अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिका उपाध्यक्ष लक्ष्मी देवी मैनालीको अध्यक्षता एवं पालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देनको प्रमुख आतिथ्यतामा भएको अभिमुखिकरण कार्यक्रममा मेचे तथा सन्थाल नित्य समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा अधिवक्ता कविता पाठक बास्तोलाले महिला हकहित र बेइजिङ घोषणा पत्रमा उल्लेख बिषयहरुको बारेमा उपस्थित सहभागीहरुलाई अभिमुखिकरण गर्नु भएको थियोे ।

हल्दिबारी गाउँपालिका भित्रका १५० भन्दा बढी विभिन्न संघ- संस्थाको प्रतिनिधित्व गर्दै महिला अधिकार कर्मी दिदिबहिनीहरुको सहभागिता रहेको थियोे ।

कार्यक्रमका प्रमुख अतिथि पालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देनले भाषणमा मात्र अधिकारका कुरा गरेर नहुने बताउदै । अधिकारका कुराले समाजमा देखिएको समस्या समेत अन्त्य गर्न जरुरी रहेको जिकिर गर्नु भएको छ ।

हल्दिबारी गाउँपालिका सभाहलमा आयोजना गरिएको कार्यक्रममा विभेदको अन्य कसरी गर्न सकिन्छ र जरुरी रहेको छ भन्ने विषयमा सानो नाटक समेत प्रस्तुत गरिएको थियोे । उक्त अवसरमा पालिकाले महिला दिदिबहिनीहरुलाई नौवती बाजा समेत प्रदान गरिएको थियो ।

महिला तथा बालबालिका बिकास शाखाको आयोजना गरिएको अभिमुखिकरणमा स्वागत मन्तव्य निमित्त प्रमुख प्रशासकीय अधिकृत राजन न्यौपानेले गर्नु भएको कार्यको सहजीकरण तृष्णा थापाको रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार