आज २०८१ साल फाल्गुन २३ गते शुक्रबारको राशिफल ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा धैर्य बनाएर राख्नुहोस् सफलता मिल्नेछ। जग्गा जमिन सम्बन्धी समस्याहरु सुल्झिनेछन्। व्यापारमा पारदर्शिता राख्नुहोला। बोलिको विपरीत अर्थ लाग्न सक्छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नोकरी वा पेशामा भावनामा आएर निर्णय नलिनुहोला। समयमा निर्णय नलिनाले नोक्सानको आशंका रहनेछ। स्वास्थ्यमा खानपिन र आहारविहारको विशेष ध्यान राख्नुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) युवा वर्गहरूको दुविधायुक्त निर्णय करियरको प्रगतिमा बाधा बन्न सक्छ। शुभचिन्तकको सल्लाह लिएर अगाडि बढ्नुहोस्। व्यापार व्यवसायमा लेनदेनको मामिलाहरूमा सावधान रहनुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) उद्योग जगतमा जोखिम रहेका कार्यहरूमा रुचि बढ्नेछ। नोकरी वा पेशामा मजबुतीले आफ्नो पक्ष राख्न सक्नुहुनेछ। सफलताको लागि संघर्ष गर्नुपर्ला । आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) खर्चको वृद्धिले समस्या बढ्नेछ। कार्यक्षेत्रमा अपमानको भय रहनेछ। विवादास्पद कुराहरू वहन गर्नुपर्ला। आफन्तहरूसँग राम्रो सद्भाव रहनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ७ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सामाजिक कार्यक्रमहरूमा सम्मिलित हुन पाउदा मन प्रसन्न रहनेछ। पुराना इष्ट मित्रहरूसँग भेटघाटका योग छन्। व्यापार व्यवसायमा लाभ रहनेछ। अरुको वादविवादमा आफू अगाडि नसर्नुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्यको सन्दर्भमा अधिकारीहरूबाट अनुकूल आश्वासन मिल्नेछ। भौतिक सुख सुविधामा धन खर्चका योग छन्। व्यापार व्यवसायमा लेनदेनको मामिलाहरू सुल्झिनेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) निजी कार्यालयलाई टाल्दा समस्या बढ्नेछ। आत्मविश्वासको कमीले महत्त्वपूर्ण कार्यहरू अड्किन सक्लान्। धर्मकर्ममा रुचि बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कानुनी मामिलाहरू सुल्झिनेछन्। धार्मिक योजनाहरूमा सम्मिलित भएर खुसी मिल्नेछ। कार्यक्षेत्रमा कार्य समयमा सम्पादन नहोला। आयस्रोत सबल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सन्तानको प्रगति देखेर चिन्तामुक्त भइनेछ। पुरानो वादविवादहरू सुल्झिनेछन्। छरछिमेकीसँग राम्रो सम्बन्ध स्थापित हुनेछ। कार्यक्षेत्रमा अधिकारी वर्गहरूको साथ पाइएला। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक २ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) समयमा कार्यसम्पादन हुनाले मनमा अर्को काम गर्ने उत्साह जाग्नेछ। मित्रहरूबाट साथ र सहयोग पाइएला। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायक रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सकारात्मक सोचले अगाडि बढ्नुहोस् लाभ मिल्नेछ। घरपरिवारमा आफ्नो मर्यादाको ध्यान राख्नुहोला। राजकीय वा प्रशासनिक मामिलाहरू सुल्झिनेछन। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। आजको शुभ रंग गाढा पहेलो हो भने शुभ अंक ३ रहेको छ।

साभार: हाम्रोपात्रो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार