अभिषेक खतिवडा/ २३ फाल्गुन । हल्दिबारी गाउँपालिका वडा नं-२ मा रहेको हल्दिबारी नमूना माध्यमिक विद्यालयको प्राङ्गणमा अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर सचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ ।
मानव बेचबिखन र लैङ्गकि हिंसा अन्तयको अभियान अन्तर्गत आज जिल्ला प्रहरी कार्यालय भद्रपुरको सहजीकरण साथै एकद्वार सङ्कट व्यवस्थापन केन्द्र प्रादेशिक अस्पताल भद्रपुर ,र आफन्त नेपालको आयोजना तथा हल्दीबारी वडा नं-२ वडा कार्यालयको सहकार्यमा कार्यक्रम आयोजना भएको थियो।
नारी दिवसको अवसर पारेर आयोजना भएको कार्यक्रमको अध्यक्षता वडा सदस्य अम्बिका तोलाङ्गीले गर्नु भएको थियो। कार्यक्रममा प्रहरी निरीक्षक मेहेगी तामाङ्ग ,हल्दिबारी प्रहरी चौकीका इन्चार्ज कृष्ण बहादुर मगर ,शिक्षक रमेशचन्द्र पौडेल ,आफन्त नेपालका प्रतिनिधि , विद्यार्थी लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रहरी निरीक्षक मेहेगी तामाङ्गले सहभागी विद्यार्थीहरु लागु औषध ,मानव तस्करी ,डिजिटल ठगी ,लैङ्गकि हिंसा , महिला अधिकार ,समानता र सशक्तीकरणका बिषयमा प्रशिक्षण दिनु भएको थियो।
हल्दिबारी गाउँपालिकामा बढदो चोरी तस्करी तथा लागु औषध प्रयोगकर्ता लगायतका घटना बढीरहेकोले आयोजना गरिएको कार्यक्रमको सञ्चालन एवम सहजीकरण शिक्षक पौडेलले गर्नु भएको थियो।