झापा । झापा मेचिनगर-४, आमडाँगीका ५१ वर्षीय बिरेंद्रराज राईको उपचारको क्रममा मृत्यु भएको छ।

मिति २०८१ फागुन ९ गते राति ९:१० बजे राईको घरको पूजा कोठामा विद्युत् सर्ट भई आगलागी भएको थियो। आगो निभाउने क्रममा उनको दुवै हात, खुट्टा र अनुहार जलेको थियो। घाइते राईलाई तत्कालै बिर्तामोडस्थित B&C अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि विराटनगर लगिएको थियो।

मिति २०८१ फागुन २२ गते धरानको घोपा अस्पतालमा उपचारपछि पुनः विराटनगर ल्याइएका राईको मिति २०८१ फागुन २५ गते राति ३:३० बजे विराट नर्सिङ होममा मृत्यु भएको हो। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार