महोत्तरी – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, महोत्तरीका खरिदार मुन्नु कुमार दास र लेखापढी कानुन व्यवसायी जिवछ महतोलाई ३५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ।

उनीहरूले जग्गाको ट्रायल चेक गरी नक्सा सुधार गर्ने बहानामा सेवाग्राहीसँग घुस माग गरिरहेको सूचनाका आधारमा आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले रंगेहात पक्राउ गरेको हो। आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार उनीहरूलाई घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको हो।

अख्तियारले उनीहरूविरुद्ध थप अनुसन्धान अघि बढाएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार