सर्लाहीको मलङ्गवा नगरपालिका–८, गोरखकाली नाकाबाट नक्कली नोटसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरू नक्कली नोट बनाउने गिरोहका सदस्य भएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा महोत्तरीका ४२ वर्षीय खुर्सैद भन्ने सुल्तान मंसुर, रौतहटका ५६ वर्षीय रामनारायण सहनी, सर्लाहीका ४८ वर्षीय दुलार सहनी, ५० वर्षीय रामपृत सहनी, र ३५ वर्षीया सिहानता कुमारी देवी छन्।

उनीहरू भारतबाट मोटरसाइकलमार्फत नेपाल प्रवेश गर्ने क्रममा पक्राउ परेका हुन्। खानतलासी गर्दा उनीहरूको साथबाट नेपाली नक्कली एक हजार दरका नोटहरू राखेर तयार पारिएको १७६ थान नक्कली नोट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार