काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) को आकाशमा जहाजको चाप अत्यधिक बढ्दा केही विमानलाई होल्ड गर्नुपरेको छ।
विशेष गरी कतार एयरवेज, फ्लाइ दुबई, मलेसियन एयरलाइन्स र इन्डिगो एयरलाइन्सका विमान एकै समयमा काठमाडौं आएपछि केही जहाजहरूले आकाशमा आधा दर्जन फन्को लगाउनुपरेको छ।
विमानस्थलमा एउटामात्र रनवे भएकाले अवतरण र उडानबीच कम्तीमा पाँच मिनेटको अन्तर राख्नुपर्ने नियम छ। यही कारण एकैपटक धेरै विमान भित्रिँदा आकाशमा चाप बढ्ने र आन्तरिक उडानहरू पनि ढिलाइ हुने अवस्था सिर्जना भएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
1
+1
+1
+1
+1