हल्दिबारी गाउँपालिका वडा नं-४ मा रहेको बडावारी मङ्गलबारे सड्क खण्ड तीन बर्ष देखि निर्माण नभएर अलपत्र परेको छ ।

योजनामा विनयोजित बजेट बहुबर्षिय रुपमा परेको भन्यता पनि पटक पटक काम सुरु गरे जस्तो गरेर बाटो निर्माणको कार्यले पुर्णता नपाएकाले आज स्थानीयहरुको पहलमा ठुलो सवारीसाधन लाई आवातजावतमा रोक लगाइएको छ ।

पुर्ण रुपमा बाटोको काम नभए सम्म लाई स्थानीयले बाटाे
बन्द गरेका छ्न ।

स्थानीयहरुले बाटो निर्माण कार्यले पुर्णता नपाए पछी पटक पटक सम्बन्धित निकायहरुमा आफ्नो तर्फबाट पहल गरेता पनि जवाफमा धुलो मात्र पाएको एक स्थानीयले जानकारी दिनु भएको छ ।

बाटो  निर्माण गर्नेका लागि सम्बन्धित निकाय समक्ष ध्यानाकर्षण गराउनका लागि यो बाटो बन्द गराउनु परेको र काम नभए सम्म बाटो नखोलिने समेत चेतावनीसमेत दिएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
2
+1
9
+1
0
+1
0
+1
1
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार