राजगढ ,२९ फाल्गुन । नेपाल सन्थाल आदिवासी उत्थान संघको आयोजनामा बाहा पर्व एवं शुभकामना आदानप्रदान तथा संमान कार्यक्रम भव्यताका साथ मनाइएको छ ।
संघका अध्यक्ष लखिराम किस्कु को अध्यक्षता एवं प्रदेश सभा सदस्य माननीय छबिलाल चुडालको प्रमुख आतिथ्यता बाहा पर्व बाह्रदशी ३ मा रहेको पशुपति माविको प्राङ्गणमा मनाइएको हो ।
यो पर्व सन्थाल समुदायले सखुवाको फुल फुलेपछी नयाँ बर्षको रूपमा आफ्नो धार्मिक एवं जातीय परम्परागत रूपमा मनाउदै आएको छ ।
उनीहरुले कार्यक्रममा बिबिध सास्कृती प्रस्तुति समेत गरेका थिए ।उक्त अवसरमा प्रमुख अतिथि चुडाल , बाह्रदशी गाउँपालिका उपाध्यक्ष शान्ता सिवाकोटी खरेल , वडा नम्बर २ का वडा अध्यक्ष भिम कार्की लगायत अतिथिहरुले सन्थाल गितमा नित्य गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि चुडाल ,पालिका उपाध्यक्ष खरेल ,वडा नम्बर २ का  अध्यक्षभिम कार्की  कार्की , ३ का वडा अध्यक्ष टन्क शाह , कार्यपालिका सदस्य रानी मुर्मु कार्यक्रमका अध्यक्ष किस्कु लगायतले मन्तव्य राख्नु भएको थियोे ।
कार्यक्रमको औचित्य तथा स्वागत संघका सचीव शिबु मुर्मुले गरेको कार्यक्रमको सहजीकरण सबिता मर्डी र अनिता हास्ताको रहेको थियोे ।
उक्त अवसरमा शिक्षा सेवा आयोग उतिर्ण हुने १० जना झापा र मोरङका सन्थाल समुदायका शिक्षकहरुलाई कदरपत्र सहित संमान गरिएको थियोे ।,
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार