झापा, फागुन २९ । झापाको कनकाई नगरपालिका–२ जामुनबारीस्थित भित्री सडक खण्डमा सवारी दुर्घटनामा घाइते भएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ।

२०८१ फागुन २८ गते साँझ करिब ७ बजे जामुनबारीबाट सुरुङ्गातर्फ जाँदै गरेको साइकललाई सोही दिशातर्फ गइरहेको प्र.१-०१-०१३प ८०९१ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा साइकल यात्री १९ वर्षीय सलिन कार्की र मोटरसाइकल चालक ३३ वर्षीय सविन तामाङ घाइते भएका थिए।

दुवै घाइतेलाई तत्काल कनकाई नगर अस्पताल, सुरुङ्गामा प्राथमिक उपचारपछि थप उपचारका लागि बिर्तामोडस्थित B&C अस्पताल पठाइएको थियो। उपचारकै क्रममा ३३ वर्षीय सविन तामाङको २०८१ फागुन २९ गते दिउँसो १:२५ बजे मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

यस घटनामा घाइते भएका साइकल यात्री सलिन कार्कीको अवस्था सामान्य रहेको बताइएको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
2
+1
1
+1
0
+1
11
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार