अरुले गरेको काम मैले गरेको भन्दै जस लिन खोज्नु , जनता झुक्याउनु मात्र हो ? : लिङ्देन
हल्दिबारी ,२९ फाल्गुन । पुर्व उपप्रधानमन्त्री एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देनले आफू आफ्नो क्षेत्रमा केही नगर्ने अनि अरुले गरेको काम मैले गरेको भन्दै जस लिन खोज्नु भनेको जनता झुक्याउनु मात्र हो भन्ने प्रतिक्रिया दिनु भएको छ ।
हल्दिबारी गाउँपालिका – १ गोलधापमा भुमिगत सिचाइ को उद्घाटन गर्दै लिङ्देनले मेरो गाउँ क्षेत्रमा मैले नगरे कस्ले बिकासको काम गर्छ भन्ने प्रतिक्रिया दिनु भएको हो ।
लिङ्देनको गाउँ – क्षेत्रमा अरुले काम गरे भनेर जनता नझुक्याए हुन्छ उनले भुमिगत सिचाईको उद्घाटन पछि स्थानीय सगको कुराकानी उक्तकुरा उठाएका हुन ।
उहाँकै पहलकदमी सहयोगमा करिब ८० लाख रुपैयाँ बराबरको भुमिगत सिचाइले त्यहाँका २९ परिवार जोडिएको आयोजना कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष धर्मराज सिवाकोटीले बताए ।
गोलधाप बजार देखि पश्चिम् आर्शम टोलमा भुमिगत सिचाइ आयोजना गैडे ,झापाले २५ बिगाहामा सिचाइको उचित व्यवस्थापन गर्न लिङ्देनको पहलमा भुमिगत बोरिङ सहित १७ ठाउँमा पानी आउने व्यवस्था मिलाएको सिवाकोटीले जानकारी दिए ।
सिचाइ आयोजना शुरु भएसगै त्यहाँका किसानलाई राहत पुगेको छ भने कृषि उपजमा समेत वृद्धि हुने बिश्वास लिइएको छ । परियोजना भुमिगत सिचाइ आयोजनाले आजैबाट स्थानीय उपभोक्तालाई हस्तान्तरण समेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
5
+1
1
+1
+1
+1
+1
1