राजगढ ,२९ फाल्गुन । बाह्रदशी गाउँपालिकामा मैथिल महिला समाजको आयोजनामा होलि मिलन कार्यक्रम सम्पन्न भएको छ ।
समजकी अध्यक्ष गायत्री शाहको अध्यक्षता एवं बाह्रदशी गाउँ पालिका अध्यक्ष देवेन्द्र चम्लागाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिभिध सास्कृतिक कार्यक्रम सहित शुभकामना आदानप्रदान गरेर होलि पर्व मनाइएको हो ।
राजगढ बजारमा रहेको सामुदायिक भवनमा आयोजना गरिएको कार्यक्रममा मैथिली समुदायका महिला दिदिबहिनी सहित विभिन्न धार्मिक तथा राजनैतिक ,सामाजिक व्यक्तित्वहरुको उपस्थित रहेको थियोे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पालिका अध्यक्ष चम्लागाईले होली पर्वको कार्यक्रमले आपसी सद्भाव बढ्ने भएकोले यस्को महत्त्व धार्मिक ,सामाजिक रूपमा बड्दै गएको बताउनु भएको छ । पालिकाले सबै जातजाति ,धर्म सस्कृती मान्ने समुदायलाई सहयोग गर्दै आएको समेत जिकिर गर्नु भएको थियो ।
उक्त कार्यक्रममा पालिका उपाध्यक्ष शान्ता सिवाकोटी खरेल , वडा नम्बर २ का वडा अध्यक्ष भिम कार्की ,३ का वडा अध्यक्ष टन्क शाह , नेपाली काङ्ग्रेसका नेता एवं मैथिली समाजका अगुवा भगिरथ पोद्दार , नेपाल रेडक्रस बाह्रदशीका सभापति दयानन्द गोस्वामी , उधोग बाणिज्य संघ बाह्रदशीका अध्यक्ष खगेन्द्र कार्की लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रमको औचित्य माथी पशुपति माविका पुर्व प्रअ नन्द कुमार कुवरले प्रकाश पार्नु भएको कार्यक्रममा स्वागत समाजकी सदस्य बबिता शाहले गर्नु भएको थियोे भने कार्यक्रमको सहजीकरण समाजका सल्लाहकार किशोर शाहको रहेको थियो ।

Post Views: 122