हल्दिबारी गाउँपालिकामा लामो समय देखि क्रियाशिल युवाहरुको सामाजिक संस्था ढडुवा युवा क्लब परिवारले आज वडा कार्यालयलाई ध्यानाकर्षण तथा अनुरोध पत्र बुझाएको छ ।

हल्दिबारी गाउँपालिका वडा नं-३ को कार्यालयमा सार्वजनिक स्थलहरु सरसफाइ र सरसफाइ अभियानका लागि आवश्यक सरसफाइ साम्रागी माग सहित अनुरोध पत्र बुझाइएको अध्यक्ष गोपाल न्यौपानेले जानकारी दिनु भएको छ ।

क्लबका अध्यक्ष गोपाल न्यौपाने र सचिव अभिषेक खतिवडाले प्रतिनिधिमुलक हिसाबले वडा कार्यालयमै उपस्थिति भइ वडा अध्यक्ष बिष्णु प्रसाद ओलीलाई कार्यकक्षमा सोही पत्र हस्तान्तरण गरेका थिए।

सार्वजनिक स्थलहरु चोक, हाटबजार, मन्दिर, विश्रामलय, दाहसंस्कारघाट, विद्यालय क्षेत्र, लगायत आवश्यक सार्वजनिक स्थलहरुमा सरसफाई, प्लास्टिकजन्य पदार्थको प्रयोग र अन्य कारणले भएका फोहोर र वातावरणीय असरहरुमा चासो राख्दै क्लबले सरसफाइका लागि डस्टबिन तथा आवश्यक पर्ने अन्य सामाग्री माग गर्दै सार्वजनिक स्थलहरुमा सरसफाई अभियान तथा कार्यक्रमहरुमा आयोजना हुँदाको बखत आवश्यक सहयोग गरिदिनु हुन वडा कार्यालय लाई अनुरोध गरेको पत्रमा उल्लेख छ ।

अध्यक्ष न्यौपाने र सचिव खतिवडाले हस्ताक्षर गरेको पत्र बुझाए सगै वडा कार्यालयको तर्फबाट अध्यक्ष ओलीले युवा क्लबले अगुवाइ गरेका सरसफाइ अभियानमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो।यो साता युवा क्लबले विभिन्न चोक हाटबजार तथा सार्वजनिक स्थलहरु सरसफाइका कार्यक्रमहरु सार्वजनिक गरी अभियानहरु सञ्चालन गर्ने कार्यक्रम रहेको र क्लब ,संघ संस्था , सङ्गठन,नागरिक समाज, सरकारी वा गैरसरकारी संस्था तथा सरोकारवालाहरु लाई जोडिएर हातेमालो गर्नु हुन समेत अपिल गरिएको सचिव खतिवडाले जानकारी दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार