झापा, २०८१ फागुन ५ । झापाको अर्जुनधारा नगरपालिका-४ बस्ने ५५ वर्षीय रन बहादुर बस्नेतको आफ्नै नव निर्मित घरको दोस्रो तल्लाबाट लडेर मृत्यु भएको छ।

आज बिहान करिब ८:०० बजे बस्नेत दोस्रो तल्लाको पर्खालमा चढी पानी हाल्ने क्रममा लडेका थिए। गम्भीर घाइते भएका उनलाई उपचारका लागि बिर्तामोडस्थित B&C अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषित गरेका छन्।

घटनाबारे जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय अनारमनी र प्रहरी चौकी शनिश्चरेबाट प्रहरी टोली थप अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
15
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार