झापा, दमक । गएराति १२:५५ बजे झापाको दमक नगरपालिका-५ स्थित पूर्वपश्चिम लोकमार्गमा एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। बिर्तामोडको मनमोहन मेमोरियल सामुदायिक अस्पतालबाट बिरामी लिएर विराटनगरतर्फ जाँदै गरेको प्र-१–०१–००२ च ०११५ नम्बरको एम्बुलेन्स सडकको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा अर्जुनधारा नगरपालिका-१० का २० वर्षीय विशाल लिम्बू (ढाडमा चोट, अवस्था सामान्य), १९ वर्षीया आरजु राई (टाउकोमा चोट, अवस्था गम्भीर), ५१ वर्षीया मिना लिम्बू (टाउको र हातमा चोट, अवस्था मध्यम), २१ वर्षीय अन्जेश लिम्बू (निधार र ढाडमा चोट, अवस्था मध्यम), ३५ वर्षीय एम्बुलेन्स चालक कमल अधिकारी (मुख र बायाँ तिघ्रामा चोट, अवस्था मध्यम) र २३ वर्षीया वर्षा लिम्बू (घाँटी र ढाडमा चोट, अवस्था मध्यम) घाइते भएका छन्।
सामान्य उपचारपछि घाइतेहरूलाई थप उपचारका लागि बीएण्डसी अस्पताल, बिर्तामोड रेफर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।