झापा, चैत २६ – जिल्ला झापा भद्रपुर नगरपालिका–८ बाट प्रहरीले अवैध रुपमा भारतबाट ल्याइएका करिब ७०० वटा आँपका बिरुवा बरामद गरेको छ।
आज साँझ ४:१० बजे वडा प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले लुकाइछिपाई राखिएको ती बिरुवा फेला पारेको हो। प्रहरीका अनुसार ती बिरुवा भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएको थियो।
प्रति बिरुवा रु. ४०० को दरले कुल मूल्य करिब रु. २,८०,००० बराबरको ती बिरुवाहरू आवश्यक कारवाहीका लागि भद्रपुर भन्सार कार्यालयमा बुझाइएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ।
यस किसिमको अवैध पैठारीले कृषिमा प्रयोग हुने सामग्रीको गुणस्तरमा प्रश्न उठ्ने र कानुनी प्रक्रिया उल्लंघन हुने भएकाले प्रहरीले थप निगरानी बढाउने जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
2
+1
+1
+1
+1