भद्रपुर । भद्रपुर नगरपालिका-५ स्थित मेची पुलमा आइतबार बिहान १० बजे प्रहरीले गरेको चेकजाँचका क्रममा दुईजना लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन्।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका भद्रपुर नगरपालिका-१० चन्द्रगढी बजारका ४३ वर्षीय सन्तोषकुमार काफ्ले र भद्रपुरकै चैतु मन्दिर बस्ने ३६ वर्षीय विजय राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उनीहरूले मलद्वारभित्र प्लास्टिकको पोका प्रयोग गरी ३ ग्राम ६०० मिलिग्राम ब्राउन सुगर लुकाइ ल्याएका थिए। पक्राउ परेका दुबैजनालाई वडा प्रहरी कार्यालय भद्रपुरमा राखी आवश्यक अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको प्रहरी स्रोतले जनाएको छ। प्रहरीले लागुऔषध नियन्त्रण अभियान अन्तर्गत चेकजाँचलाई कडाइ गरेको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
1
+1
1
+1
0
+1
1
+1
0
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार