धरान, वैशाख १४ । धरानमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार धरान–८ तीनकुनेस्थित शनि मन्दिर नजिक इटहरीबाट धरानतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ०६७६ नम्बरको ट्रकले ठक्कर दिँदा पैदलयात्रीको ज्यान गएको हो।

प्रहरीका अनुसार तत्काल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय युवकलाई ट्रकले ठक्कर दिएको थियो। गम्भीर घाइते भएका उनलाई तत्काल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको भए पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न ट्रक र चालक भोजपुर हतुवागाडी गाउँपालिका–५ सुनाखरी टोल बस्ने २६ वर्षीय मोहनप्रसाद राईलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार