हल्दीबारी ।  झापाको हल्दीबारी गाउँपालिका वडा नम्बर २ स्थित पग्लाबारीमा गए राति परेको चट्याङले तीनवटा गाई र एकवटा बाख्रोको ज्यान लिएको छ।

वडा नम्बर २ का अध्यक्ष शुकलाल राजवंशीका अनुसार स्थानीय जयराम मुर्मुको घरमा राति करिब १२ बजे परेको चट्याङले दुईवटा ब्याउने गाई, एउटा बाछी र एउटा बाख्रोको घटनास्थलमै मृत्यु भएको हो।

उक्त घटनाले करिब दुई लाख रुपैयाँभन्दा बढीको क्षति पुर्याएको बताइएको छ। चट्याङले थप दुईवटा बाख्रालाई समेत घाइते बनाएको अध्यक्ष राजवंशीले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
2
+1
0
+1
0
+1
2
+1
26
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार