भद्रपुर । भद्रपुर नगरपालिका–८ स्थित एयरपोर्ट नजिकै रहेको होटल उडल्याण्डको स्विमिङ पुलमा डुबेर एक बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा भारत बिहार राज्यको किसनगंज जिल्ला, झरमगञ्ज टोल निवासी सचिन गोस्वामीका अन्दाजी ८ वर्षीय छोरा बिरु गोस्वामी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार गोस्वामी परिवार आइतबार घुम्नका लागि झापा आएका थिए। उनीहरू सोही होटलमा बसेका थिए। आइतबार साँझ करिब ६ः३० बजे बिरु स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेका थिए। तत्कालै उद्धार गरी भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पताल पुर्याइएको भए पनि साँझ ६ः५३ बजे उपचारका क्रममा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

हाल घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
2
+1
0
+1
0
+1
18
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार