काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेललगायतका नेताहरू सोमबार शिक्षक महासंघको आन्दोलनमा समर्थन जनाउन नयाँबानेश्वर पुगे।
तर आन्दोलनरत शिक्षकहरूले उनीहरू विरुद्ध नाराबाजी गरेपछि नेताहरू सम्बोधन नगरी फर्किएका छन्। शिक्षकहरूले “शिक्षा ऐन जारी गर” भन्दै ती नेताहरूलाई लक्षित गर्दै चर्को नाराबाजी गरेपछि वातावरण तनावग्रस्त बनेको थियो। भाषणका लागि मञ्चमा पुगेका नेताहरूले परिस्थिति प्रतिकूल देखेपछि सम्बोधन नगरी आन्दोलनस्थल छाडेका हुन्।
शिक्षक महासंघले नयाँ शिक्षा ऐन माग गर्दै निरन्तर आन्दोलन गर्दै आएको छ। उनीहरूले राजनीतिक दलहरूबाट केवल समर्थन होइन, ठोस कानुनी कदम चाहिएको माग गर्दै आएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1