झापा । करिब दुई साताअघि मोटरसाइकल दुर्घटनामा परी घाइते भएका मेचीनगर नगरपालिका–७ का २६ वर्षीय प्रह्लाद राजवंशीको उपचारका क्रममा मृत्यु भएको छ।

सहारा नेपाल साकोस लक्ष्मीपुर शाखामा समूह प्रवर्द्धकका रूपमा कार्यरत राजवंशी गत चैत ३१ गते पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोड नगरपालिका–६ स्थित रेखा पुलनजिक दुर्घटनामा परेका थिए। प्रहरी कार्यालय झापाका अनुसार उनको सोमबार दिउँसो २ः१५ बजे बीएण्डसी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो।

चैत ३१ गते करिब १ः३० बजे काँकडभिट्टाबाट बिर्तामोडतर्फ आउँदै गरेको मे १० प ७३३६ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ गइरहेको प्र १–०१–००१ च ९८७३ नम्बरको छोटा हात्ती गाडीलाई ओभरटेक गर्ने क्रममा बिर्तामोडबाट इलामतर्फ जाँदै गरेको १–०३–००१ ज ००४८ नम्बरको इलेक्ट्रिक भ्यानसँग ठक्कर खाएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक प्रह्लाद राजवंशी र पछाडि सवार २३ वर्षीया प्रियङ्का राजवंशी घाइते भएका थिए। दुवै जनालाई बीएण्डसी अस्पतालमा भर्ना गरिएकामा उपचारका क्रममा प्रह्लादको मृत्यु भएको हो। प्रियङ्काको भने उपचार जारी रहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
5
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार