झापा । हिजो साँझ ७:३० बजे भद्रपुर नगरपालिका वडा नं. २ स्थित बनियानी–भद्रपुर सडकखण्डमा मोटरसाइकल र पिकअप गाडी एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

हिमाली टोलबाट भद्रपुरतर्फ आउँदै गरेको बीआर ३७ भी २१२७ नंम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै पश्चिम मोड्न खोजेको मे.१च ५४४७ नं.को पिकअप गाडीले ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक भद्रपुर–१ निवासी ३५ वर्षीय दिलिप राजवंशी गम्भीर घाइते भएका थिए।

घाइते राजवंशीलाई तत्काल उपचारका लागि ओमसाई पाथीभरा अस्पताल, भद्रपुर लगिएको थियो तर राति ८:०५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार मृतकको शव कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ। दुर्घटनामा संलग्न दुबै सवारी साधन तथा पिकअप चालक भद्रपुर–३ निवासी ४४ वर्षीय पंकज सुवेदीलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
1
+1
1
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार