नेपाल रेडको सोसाइटी रक्तसचार सेवा झापामा चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १६,३२५ युनिट रगत सङ्कलन भएको छ ।
झापाको भद्रपुर बिर्तामोड र दमकमा सञ्चालित रक्तसंचार केन्द्र मार्फत सोही अवधिमा १७,२३४ युनिट रगत बिरामीलाई वितरण समेत गरिएको रक्तसंचार सेवा केन्द्र झापा शाखाले जनाएको छ।
नेपाल सोसाइटी जिल्ला शाखा झापाकोले रेडकस भवन भद्रपुर बिर्तामोड रेडक्रस भवन र बिएनसी मेडिकल कलेजमा गरी तीन ठाउँमा रक्तसञ्चार सेवा सञ्चालन गर्दै आएको छ भने नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाले उपशाखा भवन , लाइफ लाइफलाइन अस्पताल र आमदा अस्पतालमा समेत रक्तसंचार सेवा सञ्चालन गर्दै आएको छ।
रक्त सञ्चार सेवा केन्द्र झापा मार्फत गत साउनदेखि चैत मसान्तसम्ममा १०,२९६ युनिट रगत सङ्कलन गरेको छ भने सोही अवधिमा ११४९० युनिट रगत वितरण गरेको जिल्ला शाखा झापाका प्रमुख हरिशरण खड्काले जानकारी दिएका छन्।
त्यसैगरी नेपाली सोसाइटी उपशाखा दमकमा सञ्चालित रक्त सञ्चार केन्द्र मार्फत सोही अवधिमा ६०२९ युनिट रगत सङ्कलन गरेको छ भने ५७७४ युनिट रगत बिरामीको लागि वितरण गरिएको रक्तसंचार दमक इन्चार्ज ओमा श्रेष्ठले जानकारी दिएकी छन्।
रक्त संसार सेवा केन्द्र झापाले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०८०/० ८१ मा १८१६८ युनिट रगत सङ्कलन गरिएको थियो भने १९ हजार ८४२ युनिट रगत बिरामीको लागि वितरण गरिएको थियो। सोही अवधिमा जिल्ला शाखा झापा बाट सञ्चालित रक्त सञ्चार केन्द्र मार्फत १३,५१० युनिट र सङ्कलन हुँदा १५,५७६ युनिट रगत वितरण गरिएको थियो भने दमक रक्तसञ्चार सेवा मार्फत ८०८१ मा ४,६५८ युनिट रगत संकलन हुँदा ४२६६ युनिट रगत वितरण गरिएको थियो।
नेपाल रेलको सोसाइटी जिल्ला शाखा झापाले २०३९ सालदेखि रक्तसञ्चार सेवा केन्द्र सञ्चालन गर्दै आएको छ भने दमक उपशाखा मार्फत २०५३ सालदेखि रक्त सेवा केन्द्र सञ्चालन गरिँदै आएको छ। झापामा सञ्चालित ६ वटा रक्तसंचार सेवा केन्द्र मा २६ जना प्राविधिकहरूले काम गर्दै आएका छन्।