नेपाल रेडको सोसाइटी जिल्ला शाखा झापाको आयोजनामा रक्त तत्त्व र रक्त व्यवस्थापन सम्बन्धी एकदिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

बिर्तामोडमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा झापा जिल्ला भरिका विभिन्न अस्पतालका डाक्टरहरू नर्स र रक्त सञ्चारसँग आबद्ध सरोकार वालाहरूको उपस्थिति रहेको थियो।

केन्द्रीय रक्त सञ्चार सेवा केन्द्रका इन्चार्ज एवं क्वालिटी म्यानेजर संजीव कुमार यादवले रगतको व्यवस्थापन रक्त तत्त्वहरूको आवश्यकता सहजीकरण सम्बन्धमा कार्यक्रममा जानकारी दिनुभएको थियो।

नेपालमा दिनदिनै बढ्दै गएको रगत आवश्यकतालाई कसरी पूरा गर्न सकिन्छ भन्ने उद्देश्यले आयोजना गरिएको उक्त अन्तरक्रिया कार्यक्रममा विभिन्न अस्पतालका डाक्टर एवं नर्सहरुले राखेको प्रश्नको नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला सभापति लोकराज ढकाल र संजीव कुमार यादवले सहभागीहरुलाई लाई जानकारी दिनुभएको थियो।

उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला कार्यसमितिका सदस्यहरू, रक्तदान अभियन्ताहरू सञ्चारकर्मी लगायत ४७ जनाको उपस्थिति रहेको थियो।

झापामा बढ्दै गएको रगतलाई कसरी पूरा गरिन्छ भन्ने विषयमा छलफल तथा एक आपसमा मिलेर अगाडि बढ्नुपर्नेमा झापाका पुराना डाक्टर शंकर प्रसाद हुजदार लगायतले आफ्नो विचार राख्नुभएको थियो। रेडकस झापाका सभापति लोकराज ढकालले स्वागत एवं कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सहजीकरण नेपाल रेडक्रस सोसाइटी झापा जिल्लाका मन्त्री चन्द्र चुँडालले गर्नुभएको थियो।

उक्त अवसरमा नेपाल रेडको सोसाइटी रक्तसंचार सेवा केन्द्र झापा भद्रपुरमा भोलिदेखि कम्पोनेन्ट सेवा सुरु हुने सभापति लोकराज ढकालले जानकारी दिनुभएको छ। करिब ७५ लाख लागतमा खरिद गरेको कम्पोनेन्ट मिसिन, एचआइभी टेस्ट गर्ने एलाइजा मेसिन र सुसम्पन्न ल्याब व्यवस्था गरेर भोलिदेखि र सञ्चार सेवा लाई विस्तृत रुपमा अगाडि बढाउन लागिएको छ। बिर्तामोड रक्तसञ्चार सेवामा यस अगाडि नै कम्पोनेन्ट मिसिन द्वारा रक्त तत्वहरू तयार गरी आवश्यकता अनुसार बिरामीलाई उपलब्ध गराउँदै आएकोमा रक्तसञ्चार भद्रपुरमा सुविधा सम्पन्न ल्याब र कम्पोनेन्ट मेसिन जडानसँगै बिरामीलाई थप सहयोग पुग्ने अपेक्षा राखिएको छ। झापामा छवटा रक्तसंचार सेवा मार्फत रगत व्यवस्थापन गर्दै आएको छ भने नेपाल रेडको सोसाइटी रक्तसञ्चार सेवा दमकले समेत केही महिनाभित्रमा रक्ततत्व बनाउने कम्पोनेन्ट मेसिन ल्याउन लागेको छ।

झापाका २०० भन्दा बढी संघसंस्था र ५०० जना नियमित रक्तदाताहरुले झापाको रक्तदान अभियानलाई सहयोग पुर्याइरहेको यस परिवेशमा यहाँका अस्पताल रेडक्रस र रक्तदान क्षेत्रमा काम गर्ने संघ संस्था र नियमित रक्तदाता हरू को एकआपसमा सहकार्य हुन पुगेमा रगतको आपूर्ति र बिरामीलाई आवश्यकता अनुसार रगत उपलब्ध गराउन सहयोग पुग्नेमा सबैले विश्वास लिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार