काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन प्रमुख शीर्ष नेताहरूबीच आज सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा महत्वपूर्ण भेटवार्ता हुने भएको छ। भेटमा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनेछन्।

प्रधानमन्त्री ओली र सभापति देउवा सिंहदरबार पुगिसकेका छन् भने अध्यक्ष प्रचण्ड पनि केहीबेरमै त्यहाँ पुग्ने जनाइएको छ। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार भेटघाटमा समसामयिक राजनीतिक विषयहरूमा गहन छलफल हुनेछ।

यो भेटलाई वर्तमान राजनीतिक परिस्थितिमा गठबन्धन, संविधान कार्यान्वयन तथा आगामी राजनीतिक कदमबारे महत्त्वपूर्ण सम्वादको रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार