संखुवासभा : संखुवासभाको खाँदबारी नगरपालिका ९ तुम्लिङटारमा ७२ वर्षीय मीनबहादुर कुमालको हत्या आफ्नै बुहारी र नातिनीले गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

नाबालक प्रयोग गरेर २० हजार दिने प्रलोभन देखाई मीनबहादुरकी बुहारीले हत्या गर्न लगाएको अनुसन्धानका क्रममा देखिएको डीएसपी दक्षकुमार बस्नेतले बताए । तीनजना नाबालक भएकाले प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरेर ४५ वर्षीया बुहारीलाई मात्र सार्वजनिक गरेको हो ।

हत्यामा संलग्न भएको आरोपमा प्रहरीले १३ वर्षिया नातिनी र १७ वर्षका दुई किशीरलाई पक्राउ गरेको हो । पक्राउ परेका दुईजना भने मजदुर हुन् । हत्यापछि २० हजार दिने सहमति भए पनि उनीहरुले रकम पाएका थिएनन् । मदिरामा लट्ठ परेर बसेको मौका छोपेर उनीहरुले हत्या गरेको प्रहरीले जनाएको छ ।

नातिनी र बुहारीको योजनामा घाँटी थिचेर हत्या गरेको उनीहरुले प्रहरीलाई बयान दिएका छन् । उनीहरुलाई पक्राउ गर्न प्रहरीले अनुसन्धानका क्रममा तालिम प्राप्त कुकुरसमेत परिचालन गरेको थियो । पक्राउ परेका चारैजनालाई जिल्ला अदालत संखुवासभामा म्याद थपेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

मृतक मीनबहादुरले २०५९ असोजमा गाउँकै एकजनालाई हत्या गरेर ५ वर्ष जेल जीवन बिताइसकेका थिए। उनले त्यसछि उनले आफ्नै छोरालाई समेत खुकुरी प्रहार गरेका थिए । छोरा वैदेशिक रोजगारका लागि केही वर्षदेखि कतारमा छन् । रेडियाे संखुासभामाबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
1
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार