नेत्र विक्रम बिमली / हल्दीबारी, १९ वैशाख । हल्दीबारी गाउँपालिकामा बैशाख १९ गते सम्म २२९ जनाले सम्वन्ध विच्छेद गरेर विभिन्न वडाबाट प्रमाणपत्र लिएका छन्।

गाउँपालिका प्रमुख प्रसाशकीय अधिकृत मान बहादुर बन (महेन्द्र) का अनुसार आ.व २०७४/०७५ देखि वैशाख १८ गतेसम्म हल्दीबारी गाउँपालिका का विभिन्न वडाबाट २२९ जनाले सम्बन्ध विच्छेद गरी प्रमाणपत्र लिएका हुन् ।

उनका अनुसार अदालतबाट सम्वन्ध विच्छेद गरि विभिन्नि वडाबाट सम्वन्ध विच्छेदको प्रमाण पत्र लिनेको संख्या २२९ पुगेको हो । जस अनुसार वडा नं. १ मा ८६, वडा नं. २ मा ५२, वडा नं. ३ मा २७, वडा नं. ४ मा ३० र वडा नं. ५ मा ३४जना रहेका छन् ।

त्यसैगरी पालिकाले दिएको जानकारी अनुसार सोही अवधिमा २२०६ जनाले विवाहदर्ता प्रमाणपत्र लिएका छन्। जस अनुसार वडा नम्बर १ मा ५७४ जना , वडा नम्बर २ मा ,६१२ जना वडा नं ३ मा ,३३७ जना वडा नम्बर ४ मा , ३७३ जना र वडा नम्बर ५ मा ३१० जना रहेका छन्।

त्यस्तै सोही अवधिमा हल्दिबारी गाउँपालिका का पाँचवटा वडामा १६३३ जनाको मृत्यु भएको पालिकाले दिएको रेकर्डले देखाएको छ। जस अनुसार वडा नम्बर १ मा २३७ पुरुष र १९६ महिला त्यस्तै वडा नम्बर २ मा २४५ पुरुष र १८३ महिला त्यसैगरी वडा नम्बर ३ मा १३९ पुरुष र १०४ महिला त्यस्तै वडा नम्बर ४ मा १४० पुरुष र ११३ महिला र वडा नम्बर ५ मा १३६ पुरुष र १३९ महिला गरी १६३३ जनाको मृत्यु दर्ता प्रमाणपत्र जारी गरिएको हो।

२०७४ को स्थानीय निर्वाचनपछि बनेको हल्दिबारी गाउँपालिका मा सोही अवधिमा २७११ पुरुष र २६१४ महिला गरी ५३२५ जनाको जन्मदर्ता गरिएको छ। सोही अवधिमा वडा नं १ मा ७२१ पुरुष र ६४२ महिला को जन्मदर्ता प्रमाणपत्र वितरण गरिएको छ।

त्यसैगरी वडा नम्बर २ मा ७८७ पुरुष र ७२६ महिला त्यस्तै वडा नं ३ मा ३६६ पुरुष र ३८४ महिला त्यसैगरी वडा नम्बर ४ मा ४४८ पुरुष र ४६९ महिला र वडा नम्बर ५ मा ३८९ पुरुष र ३९३ जना महिला को जन्मदर्ता प्रमाणपत्र वितरण गरिएको हो।

हल्दीबारी गाउँपालिकाले दिएको जानकारी अनुसार सोही अवधिमा ८७२ परिवारका २७४६ जना हल्दीबारीमा बसाई सराई गरी विभिन्न वडामा आएका छन् भने ९२० परिवारका २९०८ जना हल्दीबारीका विभिन्न वडाबाट अन्यत्र बसाईसराई गरी गएको देखिन्छ।

जस अनुसार वडा नं १ मा २१६ परिवारका ६७२ जना बसाईसरी गरी आएका छन् भने ३०६ परिवारका ९५० जना बसाईसराई गरी अन्यत्र गएका छन्।

त्यस्तै वडा नं २ मा २८१ परिवारका ९८२ जना बसाईसराई गरी आएका छन् भने २४८ परिवारका ८०१ जना बसाई सराई गरी अन्यत्र गएका छन्।

त्यसैगरी वडा नम्बर ३ मा १३४ परिवारका ४०८ जना बसाईसरी गरी आएका छन् भने ११६ परिवारका ३७१ जना बसाईसराई गरी अन्यन्त्र गएका छन्।
त्यस्तै वडा नम्बर ४ मा १४३ परिवारका ४४५ जना बसाईसराई गरी आएका छन् भने १४० परिवारका ४४१ जना बसाई सराई गरी अन्यन्त्र गएका छन् भने वडा नम्बर ५ मा ९८ परिवारका २३८ जना बसाई सराई गरी अन्यत्रबाट आएका छन् भने ११० परिवारका ३४५ जना अन्यन्त्र गएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार