दमक । दमकस्थित एक होटलमा शिवसताक्षि नगरपालिका–११, ब्याङडाडा नजिकै घर भएकी करिब २७ वर्षीया करिस्मा निरौला मृत अवस्थामा फेला परेकी छिन्।

हिजो दिउँसो करिब १ बजेतिर दमकको एक ढावा होटलमा कोठा बुक गरेर बसेकी निरौला आज बिहान सोही होटलको कोठामा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ।

हाल दमक प्रहरीले घटनास्थललाई सिल गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ भने शवलाई पोस्टमार्टमका लागि तयारी भइरहेको जनाइएको छ। घटनाको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

Source: Damak Aawaj

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
4
+1
0
+1
0
+1
2
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार