झापा । झापाको गौरादहमा गोरुको मासुसहित पाँच जना पक्राउ परेका छन्। गएराति करिब १ बजेतिर गौरादह नगरपालिका–१ स्थित क्रसर उद्योग छेउबाट मासु बोरामा हालेर लैजाँदै गरेका अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा गौरादह–१ का २९ वर्षीय शंकर लिम्बू, ५३ वर्षीय भागीप्रसाद नेम्वाङ, ४५ वर्षीय तिलबहादुर नेम्वाङ, १९ वर्षीय जितबहादुर नेम्वाङ र ३४ वर्षीया सुकमती नेम्वाङ रहेका छन्। उनीहरूले शंकर लिम्बूको घरमा गोरु काटी मासु ल्याएको स्विकारेको प्रहरीले जनाएको छ।

घटनास्थलमा नियन्त्रणमा लिएपछि प्रहरीले शंकर लिम्बूको घरमा छापा मार्दा निलो प्लास्टिकमा ओछ्याइएको अवस्थामा बोरामा हालिएको गोरुको टाउको, खुट्टा, छाला, अण्डकोष र अन्य अङ्गहरू फेला परेको थियो।

अनुमानित १५० केजी गोरुको मासुसहित उनीहरूलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा आवश्यक अनुसन्धानका लागि ल्याइएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
4
+1
1
+1
1
+1
1
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार