काठमाडौं, वैशाख २१ । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ।

नेता नेपालको आज मंगलबार दिउँसो सवा चार बजे काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो। उनी केही दिन अघि अस्पताल भर्ना भएका थिए भने सोमबारदेखि उनलाई सघन उपचार कक्ष (आईसीयू) मा राखिएको थियो।

नेता नेपाल लामो समयदेखि पार्किन्सन रोग लगायतका दीर्घ रोगबाट पीडित थिए। स्वास्थ्य अवस्था क्रमशः जटिल बन्दै जाँदा उनी पछिल्लो केही वर्षदेखि सक्रिय राजनीतिबाट टाढा थिए।

विसं २०१० सालमा जन्मिएका नेपालले २०५१ सालमा तत्कालीन एमाले सरकारमा संचार मन्त्रीको जिम्मेवारी सम्हालेका थिए। त्यसपछि उनी शिक्षा मन्त्री समेत बनेका थिए। नेकपा एमालेको स्थायी कमिटी सदस्यका रूपमा उनले पार्टीको नीति निर्माणमा पनि योगदान दिएका थिए। प्रदीप नेपालको निधनप्रति पार्टी नेता कार्यकर्ता तथा शुभेच्छुकहरूले गहिरो शोक व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार