बैशाख २३, झापा । आगामी मनसुनजन्य विपद्को सम्भावित जोखिमलाई मध्यनजर गर्दै झापा जिल्लामा राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने विषयमा एक महत्वपूर्ण छलफल कार्यक्रम सम्पन्न भएको छ। प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम झापा जिल्ला प्रशासन कार्यालय, भद्रपुरमा सम्पन्न भएको हो।

कार्यक्रममा जिल्ला विपद् व्यवस्थापन समिति (DDMC), जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, १५ वटै पालिकाका प्रमुख प्रशासकीय अधिकृत, विपद् फोकल व्यक्ति, IT अधिकृतहरू, साथै सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

नेपाल रेडक्रस सोसाइटीको तर्फबाट प्रस्तुत गरिएको एक घण्टाको विश्लेषणात्मक प्रस्तुतिमा विगतका विपद् अनुभव, प्रभावित क्षेत्रहरू, तत्कालीन राहत तथा उद्धार प्रयासहरू, दीर्घकालीन योजना, र वर्तमान अवस्थामा अपनाउनु पर्ने रणनीतिहरूबारे विस्तृत जानकारी प्रस्तुत गरिएको थियो।

छलफलमा विशेष गरी निम्न बुँदाहरूमा ध्यान दिइएको थियो:

  • राहत तथा उद्धार कार्य कसरी प्रभावकारी बनाउने?
  • आकस्मिक प्रतिकार्य योजना पालिका र जिल्ला स्तरमा कसरी निर्माण गर्ने?
  • संस्थागत र क्षेत्रीय समन्वय कसरी अझ सशक्त बनाउने?

कार्यक्रमका निष्कर्ष स्वरूप आगामी DDMC बैठकमा पालिका प्रमुख तथा अध्यक्षहरूको सहभागिता सुनिश्चित गर्दै थप निर्णयहरू लिइने सहमति भएको छ। सहभागीहरूले समन्वय, पूर्वतयारी र समयमै प्रतिकार्यको महत्त्वमाथि जोड दिँदै आगामी दिनमा अझ व्यवस्थित ढंगमा कार्य गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार