ओखलढुंगा, खिजीदेम्बा गाउँपालिका–८ मा केन्द्रीय प्रसारण लाइनको ट्रान्सफार्मर जाँच गर्ने क्रममा एक प्राविधिकको मृत्यु भएको छ। कैलाली निवासी बिन्दु चौधरीको ट्रान्सफार्मरबाट करेन्ट लागी घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार चौधरी ट्रान्सफारमरको नियमित चेकजाँचमा खटिएका थिए। चेकजाँच गर्ने क्रममा अचानक ट्रान्सफारमरबाट विद्युत झट्का लाग्दा गम्भीर घाइते भएका चौधरीको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार