मेचीनगरमा पत्रकारितामा कृत्रिम बौद्धिकता (AI) को प्रयोगबारे तीन दिने तालिम सुरु भएको छ।

कार्यक्रम मेचीनगर प्रेस क्लबको आयोजनामा काँकरभिट्टास्थित नमस्ते रिसोर्टमा सुरु गरिएको हो। तालिममा सञ्चार विज्ञ भानुभक्त आचार्यले पत्रकारितामा एआईको उपयोगबारे जानकारी गराएका थिए।

झापा जिल्लाका ५० भन्दा बढी पत्रकार सहभागी तालिममा विभिन्न प्रेस संगठनका अगुवा तथा शैक्षिक संस्थाका प्रमुखहरूको उल्लेखनीय उपस्थिति रहेको छ।

कार्यक्रम प्रेस क्लब मेचीनगरका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो, र समापन आइतबार हुने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार