झापा । झापाको कन्काई नगरपालिका वडा नं. २ सुकेडागीमा ३५ वर्षीय कविराज हेमरनले आफ्नी ३४ वर्षीया श्रीमती पूजा हेमरनको खुकुरी प्रहार गरी हत्या गरेका छन्।

प्रहरीका अनुसार,हिजो २७ गते शनिबार बेलुकी घरमै आपसी झै–झगडापछि कविराजले धारिलो हतियार खुकुरी प्रयोग गरी पूजाको घाटीमा प्रहार गरेका थिए। घटनापछि पूजाको शव घरमै मृत अवस्थामा फेला परेको थियो।

हत्या गरेपछि फरार रहेका कविराजलाई प्रहरीले खोजतलासका क्रममा सुरुङ्गा बजारको सडकबाट नियन्त्रणमा लिएको जानकारी दिएको छ।

मृतक पूजाको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको छ। प्रहरीका अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार