झापा । झापाको कचनकवलमा बाटोमा लडेर युवतीको मृत्यु भएको छ । आज बिहान करिब ६ बजे झापा जिल्लाको कचनकवल गाउँपालिका–३ दल्कीस्थित सन्थाल बस्तीमा एक २६ वर्षीया युवती मृत अवस्थामा फेला परेकी छिन्। स्थानीय विदेन मर्डीकी छोरी आस्मा मर्डी आफ्नै घरदेखि करिब २५ मिटर उत्तरतर्फको बाटोमा लडेको अवस्थामा मृत फेला परेकी हुन्।

उनको शव भाइ सफल मर्डीले देखेपछि घरमा ल्याएका थिए। घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी चौकी पथरियाबाट टोली घटनास्थलमा पुगेको थियो। प्रारम्भिक अनुसन्धानअनुसार शवमा कुनै बाहिरी चोटपटक देखिएको छैन।

युवतीको मृत्युको कारण यकिन नभएकाले थप अनुसन्धान तथा कानुनी प्रकृयाका लागि जिल्ला प्रहरी कार्यालयबाट समेत प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी छ। समाचार साभार: प्रतिदिन दैनिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
3
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार