हल्दिवारी माविका बालबालिकालाई स्टेशनरी, विद्यालयलाई खेलकुद सामग्री वितरण
हल्दिवारी गाउँपालिका वडा नं. २ को कार्यालयको आयोजनामा आज एक अत्यन्तै सराहनीय सामाजिक कार्य सम्पन्न भएको छ। हल्दिवारी माध्यमिक विद्यालयका कक्षा १ देखि ५ सम्म अध्ययनरत सम्पूर्ण छात्र–छात्राहरूलाई आवश्यक स्टेशनरी सामग्री—जसमा कापी र पेन्सिल समावेश छन्—वितरण गरिएको छ ।

यसका साथै, विद्यालयलाई खेलकुद सामग्री प्रदान गरी विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा सकारात्मक योगदान पुर्याउने उद्देश्य राखिएको छ।

उक्त कार्यक्रमका प्रमुख अतिथि वडा नं. २ का अध्यक्ष शुकलाल राजबंशी हुनुहुन्थ्यो। उहाँसँगै विशिष्ट अतिथि वडा सदस्यहरू गणेश मगर, विष्णु राई, अम्बिका तोलाङ्गी र रचना कुलुङको पनि गरिमामय उपस्थितिले कार्यक्रममा उत्साह थपेको थियो।

विद्यालय परिवारको तर्फबाट वडा नं. २ को कार्यालयलाई हार्दिक धन्यवाद व्यक्त गरिएको थियो। यस्तो प्रकारका सहयोगहरूले विद्यार्थीहरूमा अध्ययनप्रतिको लगाव अझ बढ्ने र शिक्षाको गुणस्तरमा सुधार आउने विश्वास लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1