भद्रपुर । झापाको भद्रपुर नगरपालिका–९ जमदार चोकमा आज बिहान २ बजे विद्युत् सर्ट भई आगलागी हुँदा एक घर पूर्णरूपमा जलेर नष्ट भएको छ।
आगलागी गीता कार्की पौडेलको टिनको छानो र बाँसको टाटीबेरा भएको भान्साघरमा भएको हो। विद्युत् सर्टबाट सुरु भएको आगोले घरभित्र रहेको अन्नपात, भाँडावर्तन, काठपात लगायतका सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुमान अनुसार आगलागीबाट करिब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति पुगेको छ।
प्रहरी चौकी घोडामाराबाट खटिएको प्रहरी टोली र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। यद्यपि आगो निभाइसक्दा घर पूर्णरूपमा क्षतिग्रस्त भइसकेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
2
+1