ललितपुर/२५६९ औं बुद्धजयन्ति समाराेह समिति,शान्ति बिहार ,गुसिंगा: ललितपुरद्वारा आयाेजित बिशेष रक्तदान कार्यक्रम आज सम्पन्न भएकाे छ । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे बिशेष उपस्थिति रहेकाे साे कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा ३८ जनाले स्वयंसेवी तवरले रक्तदान गर्नुभएको थियोे ।

नेपाल रेडक्रस साेसाइटी केन्द्रीय रक्त सञ्चार सेवा केन्द्रका जनसम्पर्क अधिकृत प्रवीण मानन्धरकाे नेतृत्व रहेकाे समूहले रक्त संकलन गर्नुभएको थियोे ।

बिशेष उपस्थिति जनाउनु हुने नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले रक्तदान गर्नुहुने स्वयंसेवी रक्तदाताहरूलाई रक्तदान बाय्‌ज पहराई सम्मान गर्नुभएको थियोे ।

ललितपुर महानगरपालिका उद्योग संस्कृति पर्यटन तथा संस्कृति संरक्षण समिति,ललितपुर महानगरपालिका वडा नम्बर १ र २ काे सहयोगमा सञ्चालित उक्त रक्तदान कार्यक्रमकाे संयाेजन सज्जन महर्जनले गर्नुभएको थियोे ।

त्यसैगरी ,
प्रभात कल्याण पुच: प्रभात माध्यमिक बिद्यालयले आफ्नो हिरक जयन्तीकाे अवसरमा बिद्यालय प्राङ्गण श्रीघ:मा रक्तदान कार्यक्रमकाे आयाेजना गरिएको थियो ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदात प्रेमसागर कर्माचार्यकाे समेत बिशेष उपस्थिति रहेकाे उक्त कार्यक्रमकाे संयाेजन प्रकाश जाेशीले गर्नुभएको थियो ।

काठमाडौं महानगरपालिका २५ वडाका वडाध्यक्ष राजेश डंगाेल अतिथि रहनुभएकाे साे कार्यक्रमकाे सभाध्यक्ष बिद्यालयका प्रधानाध्यापक राजेश्वर मान श्रेष्ठले गर्नुभएको थियोे । प्रथम पटक आयाेजित उक्त रक्तदान कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा १०२ जनाले रक्तदान गर्नुभएको थियोे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार