हल्दीबारी । हल्दीबारी गाउँपालिका वडा नं २ मा एकजना व्यक्ति मृत अवस्थामा फेला परेका छन्।
वडा नं २ को आसमान गाउँमा बस्दै आएका अन्दाजी ४२ वर्षीय दिलबहादुर राजवंशी शौचालयमा मृत फेला परेको प्रहरीले जनाएछ। लामो समयदेखि बिरामी रहेका उनी लाई बिहान ५ बजेतिर शौचालयमा मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरिएको थियो।
आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापाको अनुसन्धान टोली घटनास्थलमा आउँदै गरेको वडाध्यक्ष शुकलाल राजवंशीले जानकारी दिनुभएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
1
+1
+1
1
+1
5
+1