झापा ३१ वैशाख । झापाको मेची नगरपालिका धुलाबारीबाट सीआईबीको टोलीले अवैद्ध हुन्डी कारोबार गर्ने ७ जनालाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा उनीहरूलाई मेचीनगर नगरपालिका–१० स्थित धुलाबारी बजारबाट बुधबार पक्राउ गरेका हुन् । पक्राउ पर्नेहरू कविस मारु, अनुज मारु, निर्मल राई, दीपेन्द्र खड्का, महेश पौडेल, अंकित अग्रवाल, सुनिल राई रहेको प्रहरी स्रोतले जनाएको छ । उनीहरूमध्ये केही धुलाबारीका ठुला व्यापारी हुन् । उनीहरूले अवैध रुपमा अरबौँ रकम कारोबारी गरेको जनाइएको छ ।
काठमाडौँबाट सिआइबीको टोलीले लामो अनुसन्धानपछि धुलाबारी बाट उनीहरुलाई पक्राउ गरेको हो ।
सीआईबी प्रहरी स्रोतका अनुसार करिब २७ अर्बभन्दा बढी हुन्डी कारोबार गरेका उनीहरूलाई मेची नगरपालिकाको धुलाबारीबाट पक्राउ गरिएको हो ।
सीआईबीको टोलीले पक्राउ परेका सबैलाई आजै काठमाडौँ आवश्यक कारबाहीको लागि लगिएको स्रोतले हल्दीबारी डट कमलाई बताएको छ।
झापाको बिर्तामोड ,धुलाबारी ,भद्रपुर , दमक लगायतका स्थानमा हुन्डी कारोबारीहरू सक्रिय रहेको अवस्थामा प्रहरीको सीआइबी टोलीलाई नेपालकै सबैभन्दा ठूलो सफलता मिलेको स्रोतले जनाएको छ।।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
2
+1
+1
+1
+1